राजनीति

गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गल्ती भयोः अध्यक्ष भट्टराई

Banner

काठमाडौं, वैशाख १३-

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु गल्ती भएको बताएका छन्।

अध्यक्ष भट्टराईले गएको चुनावमा आफू गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार नभई नेकपा अध्यक्ष प्रचण्ड लाई छाड्नु गल्ती भएको बताएका हुन् ।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धनबाट माओवादी अध्यक्ष दाहाल गोरखा २ मा साझा उम्मेदवार भई निर्वाचन जितेका थिए। त्यसबेला अध्यक्ष दाहाललाई चुनाव जिताउन भन्दै कतिपय ठाउँमा भट्टराई पनि सँगसँगै हिँडेका थिए।

गोरखाबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए। २०६४ र २०७४ को चुनावमा भट्टराई गोरखा २ बाट र २०७० को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। भट्टराई २०८४ सालमा हुने आमनिर्वाचनमा फेरि गोरखा २ मा उम्मेदवार हुने तयारीमा छन्।

‘जिल्ला भ्रमणका क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आमनिर्वाचनमा गोरखा २ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनुभएको छ,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र सामरदानरदण्डरभेदको दुष्चक्रमा फस्दै गएको उनको भनाइ छ। स्रोतः सेतोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>