समाचार

शरणार्थी प्रकरणमा सर्वोच्च पुगेका थुनुवाको सुनुवाइमा जवाफ बहस बाँकी

Banner

काठमाडौं, वैशाख १३-

नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका थुनुवाको अहिले सुनुवाइ भइरहेको छ । कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । चैत २५ गतेबाट सुरू सुनुवाइको आज चौथो दिन हो ।

यसअघि वैशाख ९ र १० गते हेर्दाहेर्दैमा सकिएको थियो । त्यसयता बिहीबारलाई पेशी तोकिएको थियो । थुनामा रहेका नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पान्डेसहित ११ जनाले सर्वोच्च अदालतमा जिल्ला र उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन दिएका थिए ।

यसअघि जिल्ला र उच्च अदालतले उनीहरूलाई थुनामा पठाएको थियो । उच्च अदालतले जिल्लाको आदेश बदर गरेको बालकृष्ण खाणको हकमा भने सरकारी वकिलले पुनरावेदन गरेको छैन । सुनुवाइका क्रममा जवाफी बहसमात्र बाँकी छ । बढीमा शुक्रबारसम्म आदेश आउन सक्ने बुझिएको छ ।

यसअघि जिल्ला अदालतले तत्काल पक्राउ परेका १८ जनामध्ये १६ जनालाई थुनामा पठाउने आदेश गरेको थियो । पछि उच्च अदालतले ९ जनाको हकमा मात्र जिल्लाको आदेश सदर गर्दै थुनामै रहने निर्णय गरेको थियो । बालकृष्ण खाण, सन्दीप रायमाझी, हरिभक्त महर्जन, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसीको हकमा थुनामा पठाउने जिल्लाको आदेश बदर भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>