राजनीति
विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी
०

गुल्मी, असोज १४ –
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र राजनीतिक दल विधि तथा विधानभन्दा बाहिर जान नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं १, गुल्मीद्वारा रुरुक्षेत्र गाउँपालिका–१ मा आज आयोजित क्षेत्रीय अधिवेशनमा उहाँले सबै राजनीतिक दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सत्ता सञ्चालनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै उहाँले पुर्खा र अघिल्लो पुस्ताले व्यक्ति केन्द्रित सोचबाट माथि उठेर हामी, हाम्रो र अन्ततः सिङ्गो देश निर्माण गर्न अधिकारका लागि लडाइँ लडेको स्मरण गराउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























