देश/प्रदेश
कतारलाई हात्ती उपहार दिने विषयमा बालेनको असन्तुष्टि
०
काठमाडौं, वैशाख १३-
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’ बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् ।
कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>