खेलकुद
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
०

काठमाडौं, वैशाख १३-
नेपालले विश्वकप तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा खेल्दै छ। उक्त तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन्। यस्तै गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द पनि टोलीमा छन्।