समाचार

दुई हात्ती कतार पठाउन कानुनी प्रक्रिया पूरा हुन बाँकी, भाइरल भिडियो झुटो

Banner

काठमाडौं, वैशाख १३-

कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती नगएका हुन् ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस)को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले कतार पठाउने भनिएका हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।

कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उनले स्पष्ट पारे । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>