पत्रपत्रिका

सरकारी अस्पतालका चिकित्सकलाई निजीमा गर्ने उपचारको विज्ञापनमा रोक

Banner

काठमाडौँ, वैशाख १३-

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले सरकारी अस्पतालका चिकित्सकले विज्ञापन गरेर निजी अस्पतालमा बिरामी आकर्षित गर्ने गरेको भन्दै त्यस्तो कार्यलाई रोक्न खोजेको जानकारी दिए । सरकारी सेवाका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको र आफूलाई सरकारी भनेर निजीमा विज्ञापन गर्ने गरेको पाइएपछि मन्त्रालयले रोक लगाएको हो ।

कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउने उनले बताए । कानुन अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्ता प्रकारका गतिविधि गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन अनुसार दुई वर्षसम्म बढुवामा रोक लगाउन सकिने व्यवस्था रहेको छ ।

बुर्लाकोटीले सरकारी अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी परीक्षण गर्ने र सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेकाले कडाइ गरिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>