समाचार

१०० घर जलेपछि ६ घण्टामा नियन्त्रणमा आयो मटिहानीको आगो

Banner

जलेश्वर, वैशाख १३-

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधवार दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।

तीव्र हावा चलिरहेका वेला बुधवार दिउँसो करीब २ बजे आगलागी भएको थियो। सो आगो ६ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन्। घटनासम्बन्धी विस्तृत विवरण आज आउने उनले बताए।

प्रजिअ गेलालले आज जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने बताए।

घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>