देश/प्रदेश

प्रहरीले धनुषाबाट अपहरणमा परेका उदयपुरका लालबहादुरलाई सप्तरीबाट गर्‍यो सकुशल उद्धार

Banner

जनकपुरधाम, वैशाख १२-

उदयपुरको कटारी नगरपालिका १० का लालबहादुर थापा मगरलाई अपहरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई प्रकाउ गरेको छ ।

प्रहरीले लालबहादुरलाई अपहरण गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिरहाको गोलबजार नगरपालिका ६ का शंकर लामा र वडा २ का अरुण कुमार लामालाई प्रकाउ गरेको हो ।

धनुषाको मिथिला नगरपालिका ६ बाट मंगलवार दिउँसो लालबहादुर अपहरणमा परेपछि उनका आफन्तले धनुषा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सप्तरीबाट लालबहादुरलाई सकुशल उद्धार गरेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवादपछि लालबहादुरलाई अपहरण गरेको खुलेको छ डिएसपी अवाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>