देश/प्रदेश
पुनः कतार जान टिकट लिएका यादव होटलमा मृत फेला
०

जनकपुरधाम, वैशाख १२-
जनकपुर एक युवक मृत फेला परेका छन् । जनकपुरको पिडारीमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका उनी २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेको थियो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।
एक महिना अगाडि मात्रै विदामा कतारबाट आएका यादवले अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट लिइसकेका थिए ।