राजनीति
कांग्रेसले भेषराज आचार्यलाई टिकट नदिएर कस्तो राजनीति गर्दै छः स्वर्णिम वाग्ले
०
इलाम, वैशाख ११-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कांग्रेसको राजनीतिक चरित्रमाथि प्रश्न उठाएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको राजनीतिक चरित्रमाथि प्रश्न उठाएका हुन् ।
उनले इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले भेषराज आचार्यलाई टिकट नदिएर कस्तो राजनीति गरेको भन्दै प्रश्न गरेका छन् ।
‘कांग्रेसले पनि शिक्षित इमानदार सबैलाई मिलाउन सक्ने भेषराज आचार्यलाई टिकट दिँदैन भने कस्तो राजनीति गर्दै छ ? इलाम बजारमा मेरा पुराना कांग्रेस साथीहरूले सुनाउँछन् भेषराज चुनाव लडेको भए परिस्थिति अर्कै बन्थ्यो, कांग्रेसले कस्तो राजनीति गर्दै छ ?,” उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>