राजनीति
विप्लवले भनेः ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा लिनुपर्छ
०

काठमाडौं, वैशाख ११-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ ।’