चितवन विशेष

रत्ननगरका बोर्डिङ स्कुललाई पटकपटक भर्ना शुल्क नलिन नगरपालिकाको पत्राचार

Banner

चितवन, वैशाख ९-

रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) हरुलाई पटकपटक भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाले आज एक पत्र लेख्दै पटक पटक भर्ना शुल्क लिँदा अभिभावकबाट गुनासो आएको भन्दै विद्यालयलाई सो निर्देशन दिएको हो ।
कार्यपालिकाको बैशाख ९ गतेको निर्णय र नगर शिक्षा ऐन २०७४ संशोधन सहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन पत्राचार गरिएको छ । कुनै कक्षामा भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने ऐनमा उल्लेख रहेका र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा ऐन २०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४.१(२) ले समेत कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क बराबर हुनेगरी एक पटक मात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा एक पटक भर्ना शुल्क तिरी भर्ना भएको विद्यार्थीलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाइने जनाएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>