चितवन विशेष

सौराहाको गैंडाबारे नेटफ्लिक्सले ल्यायो डकुमेन्ट्री

Banner

चितवन,बैशाख ९-

चितवनको सौराहास्थित व्यस्त सडकमा एकसिंगे गैंडा हिंडेको फोटो र भिडियो त हामीले देखेकै हो । यो दृश्यमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार पनि बनाए । गैंडा हिँडेको चितवनको सो दृश्य अब यतिमै मात्र सीमित रहेन । नेटफिल्क्सले यसमाथि डकुमेन्ट्री ‘आवर लिभिङ वल्र्ड’ नै बनाएको छ । केही समयअघि नेटफिल्क्सको टोलीले सौराहा पुगेर गैंडा हिंडेको दृश्य, वरपरको आसपासको बस्ती र आरक्ष क्षेत्रको छायांकन गरेको छ ।

यो डकुमेन्ट्रीको भ्वाइस एक्टरमा अस्कर अवार्ड विजेता हलिउड अभिनेतृ केट ब्लान्चेट छिन् । उनको न्यारेसनमा डकुमेन्ट्री तयार भएको छ । द गार्जियनले यो शोमाथि समीक्षा गर्दै केट ब्यालेन्चटको प्रकृतिबारेको शो आशाको दुर्लभ किरण भएको उल्लेख गरेको छ । यो डकुमेन्ट्री सिरिज अहिले नेटफिल्क्समा रिलिज भैसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>