चितवन विशेष

लोक दोहोरी गीत प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष पियालाई मातृ शोक

०
Banner

चितवन, वैशाख ५–

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन चितवनका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अफ नारायणगढका वर्तमान अध्यक्ष शान्त कुमार पियालाई मातृ शोक परेको छ ।

पियाका ८३ वर्षीया आमा कृष्णकुमारी पियाको वैशाख १ गते राती ११ः२५ बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । उनको हिजो मात्रै देवघाटमा धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

पियाका दुई सन्तान छन् । जेठो सन्तानको रुपमा अध्यक्ष शान्त हुन् भने कान्छो सन्तानको रुपमा प्रशान्त रहेका छन् । अध्यक्ष शान्तका बुबाको २०४५ सालमै निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>