राजनीति
स्थायित्वका लागि संसदको समानुपातिक पद्धति हटाउनुपर्छः रामहरि खतिवडा

काठमाडौं,बैशाख ३-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक पद्धति हटाएर राष्ट्रिय सभालाई पूर्णरुपमा समानुपातिक बनाउनुपर्ने बताएका छन् । कांग्रेस ओखलढुंगा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले अहिलेको पद्धतिले कहिल्यै स्थायित्व नहुने जिकिर गरे।
कांग्रेस रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको पछाडि लागेको हो ? प्रश्नमा खतिवडाले नेपाली जनताको अर्बौँ रकम अपचलन भएकाले त्यसको छनबिन गर्न संसदीय समिति बनाउन माग गरिएको बताए। कांग्रेसले उठाएको संसदीय समितिको मुद्दामा सरकार रहेकै पार्टीले पनि समर्थन गरेको उल्लेख गर्दै उनले सरकार अल्पमतमा परेको तर्क गरे।
गठबन्धन पाँच वर्षसम्मै टिकाउन कांग्रेस इमान्दारसाथ लागे पनि माओवादी धोकेबाज भएको खतिवडाले आरोप लगाए।

























