चितवन विशेष

मेघौली उपभोक्ता समितिको रजत स्तम्भ अनावरण

Banner

चितवन, वैशाख ३-

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ को रजत स्तम्भ अनावरण गरिएको छ ।

रजत जयन्तीको अवसरमा सोमबार मेघौलीमा समितिले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी स्तम्भ अनावरण गरेको हो ।
रजत स्तम्भ अनावरण गर्दै भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई नीतिगत रुपमै समाधान हुनेगरी ठोस निर्णय गर्न आवश्यक रहेको उल्लेख गरे । ‘वन्यजन्तुसँगै निकुञ्जको पनि संरक्षण हुन आवश्यक छ’, उपप्रमुखले भने, ‘तर मानवीय क्षतिका सम्बन्धमा पनि नीतिगत रुपमै गहन छलफल हुन जरुरी छ ।

चितवनमा वार्षिक तीन लाख आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार वार्षिक तीन लाख पर्यटकहरु भित्रिँदा ३० करोड रुपैयाँ राजश्व संकलन हुने गरेको छ । चालु आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा दुई लाख १५ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन आएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । जसबाट २६ करोड राजश्व पनि संकलन भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वसांसद कृष्णप्रसाद भुर्तेल, भरतपुर २८ का वडा अध्यक्ष दण्डपाणि रिजाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  पुन , सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी, समितिका निवर्तमान अध्यक्ष श्यामप्रसाद अधिकारी, समितिका उपाध्यक्ष लोकनाथ सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र अन्तरगत २२ वटा उपभोक्ता समितिहरु रहेका छन् । कार्यक्रम समितिका अध्यक्ष मायाराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>