राजनीति

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा प्रवेश

Banner

काठमाडौँ, वैशाख ३
नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उहाँ पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>