राजनीति

यी हुन् १० भन्दा बढी संसद बैठकमा अनुपस्थित हुने सांसदहरु

Banner

काठमाडौं, वैशाख २-

प्रतिनिधिसभाका तीनजना सांसद निरन्तर १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सभामुख देवराज घिमिरेका अनुसार एकजना नेपाली कांग्रेसका, एक जना नेकपा एमाले र एक जना जनमत पार्टीका सांसद निरन्तर १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भएका हुन् ।

सबैभन्दा बढी नेपाली कांग्रेसका सांसद मनोरमा शेरचनले निरन्तर १३ वटा बैठक अनुपस्थित भइन् । बिरामी परेर थेरापी चलिरहेका कारण गत फागुन २९ गतेदेखि वैशाख दुई गतेसम्म गरेर १३ वटा बैठकमा अनुपस्थित भइन् ।

एमाले सांसद वसन्तकुमार नेम्वाङले १२ वटा बैठकमा अनुपस्थित भए । उनी बिरामी भएर उपचाररत् रहेकाले अनुपस्थित भएको जानकारी सभामुखले गराए । नेम्वाङ गत माघ १७ देखि आजसम्मका १२ वटा बैठकमा आउन नसकेका हुन् ।

यस्तै जनमत पार्टीका सांसद सोनु मुर्मु आमा र श्रीमानको उपचारका लागि भारत गएका कारण फागुन १४ गतेदेखि चैत सातगतेसम्म अनुपस्थित भएको जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>