खेलकुद

पुरुष भलिबलको उपाधि गण्डकीले जित्यो, महिला तर्फको उपाधिको बागमतीलाई

Banner

चितवन, चैत ३०–

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।

भरतपुर गेष्टहाउस चौरमा आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचाल्दै स्वर्ण पदक हात पारेको हो । गण्डकीले २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा कोशीलाई पराजित गरेको हो । कोशीले रजत पदकमा चित्त बुझायो भने सुदूरपश्चिम प्रदेशले काश्य पदक हात पा¥यो ।

प्रतियोगितामा गण्डकीका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी भए भने बेस्ट स्पाइकर गण्डकीकै सरोज बर्देवा, बेस्ट सेटर गण्डकीकै सुजन चोखाल, बेस्ट डिफेन्डर गण्डकीकै कुञ्जन शाही ठकरी, बेस्ट ब्लकर कोशीका पुकार तामाङ, बेस्ट सेभर सुदूरपश्चिमका बलदेव सिंह धामी भए ।

यसैगरि महिलातर्फको उपाधि बागमती प्रदेशले उचालेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१२ मा जित्यो भने तेस्रो सेट २५–८ को फराकिलो अन्तरले पराजित ग¥यो ।

उपविजेता बनेको गण्डकी रजत पदक जित्यो भने लुम्बिनी प्रदेशले काश्य पदक हात पा¥यो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर बागमतीकी सलिना बुढामगर, उत्कृष्ट ब्लकर लुम्बिनीकी आरती चौधरी, उत्कृष्ट सेटर बागमतीकी प्रगती नाथ, उत्कृष्ट सरोभर गण्डकीकी अरुणा शाही, उत्कृष्ट डिफेन्डर बागमतीकी एन्जीला प्रधान र उत्कृष्ट खेलाडी बागमतीकै सुमित्रा रेग्मी भइन् । उत्कृष्ट प्रशिक्षको अवार्ड बागमतीका कुमार राईले प्राप्त गरे ।

विजेताहरुलाई बागमती प्रदेशका पूर्व मन्त्री घनश्याम दाहालले पुरस्कार वितरण गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>