राजनीति
लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना भएको छ, संसदीय छानबिन समिति बनाउनुपर्छः नेता सिंह
०

काठमाडौं, चैत ३०-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने बताएका छन्। नयाँ बानेश्वरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै सिंहले सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने बताएका हुन् ।
कांग्रेसले विगत एक महिनादेखि नै संसदीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्षले नमानेको उनको भनाइ छ।
संसदीय समिति बनाउन नमानेर सत्तापक्षले संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप उनको छ।
सिंहले भने, ‘सहकारी प्रकरणमा जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन, त्यस बेलासम्म कांग्रेस यो मागबाट पछि हट्दैन।’
लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना भएकोले छानबिन गरिनुपर्ने उनको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























