राजनीति

केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउँछ, नयाँ सरकार बने अनौठो मान्नु पर्दैनः विश्वप्रकाश

Banner

काठमाडौं, चैत २९-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा (एमाले) मिलेको खबर केही समयमै आउने दाबी गरेका छन् । झापामा बिहीवार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउने दाबी गरेका हुन् । ‘यसअघि एमाले र माओवादी केन्द्र मिलेका थिए । त्यसपछि कांग्रेस र माओवादी पनि मिले । को कहिले मिले वा मिलेनन् भन्ने विषय स्थायी होइन,’ उनले भने, ‘यसैले अलिपछि कांग्रेस र एमाले मिलेको खबर पनि आउँछ । कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्नु हुँदैन ।’

जिल्लाबासी नेता भएको हिसाबले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सम्मान र श्रद्धा गर्ने पनि उनले बताए । नेताको गुण र दोषका आधारमा स्वस्थ आलोचना गर्नुपर्ने र गाली गर्न नहुने उनको भनाइ छ । पुहाँतु चौधरी झापाबाट पञ्चायतविरोधी उम्मेदवारका रुपमा २०३८ सालमा निर्वाचित सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>