राजनीति
ओखलढुंगा पूर्वअध्यक्षले गरे एमाले परित्याग
०

काठमाडौं, चैत २९-
नेकपा (एमाले) ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन्।
‘दसौं जिल्ला अधिवेशनमा जे–जस्ता रवैया र गतिविधिहरू देखिए। जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मेरो ३४ वर्षको राजनीति जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीति न्याय स्थापित नै गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत् चैत २७ गते नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु,’ उनले भनेका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























