राजनीति

प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

Banner

काठमाडौं, चैत २७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। राप्रपाले मंगलबार भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।

राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए।

कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौं। आजबाट गृहमन्त्रीको राजीनामाको मत पनि राप्रपाले थपेर अघि लैजान्छ। ४० बुँदेमा १ बुँदे माग थपियो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>