राजनीति

दलहरूबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

Banner

काठमाडौं, चेत २७-

संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुखसहित दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक जारी छ ।

नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरू भने उक्त कुरामा सहमत छैनन् ।

छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ । दलहरूबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सुरू हुन सकेको छैन ।

बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, कांगेस महामन्त्री गगन थापा, कृष्ण सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । तस्बिरः रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>