राजनीति
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
०

काठमाडौ, चैत २७-
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























