राजनीति
कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ
०

विराटनगर, चैत २७-
नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए ।
उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























