राजनीति

कर्णालीमा एमालेका यमलाल कडेँल मुख्यमन्त्री हुदैँ, दावी पेश गरिदैँ

Banner

सुर्खेत, चैत २७–

कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ ।

प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।

प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार  नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ ।

जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>