खेलकुद

आईपीएल : चेन्नईसँग कोलकत्ता पराजित, आज पञ्जाब र हैदराबाद भिड्ने

०
Banner

काठमाडौं, चैत २७-

इंडियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको छ।

कोलकत्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। ​ शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।​

कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए। त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो।​

कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै नरिनले २७ तथा आकृष रघुवंशीले २४ रन जोडे। अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहेन।

चेन्नाईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिँए भने मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए।

जित सँगै चेन्नाई ५ खेलमा ३ जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकत्ता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावल छ।

आइपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>