चितवन विशेष

नारायणगढको क्याम्पाचौरमा चैत ३० गते ‘न्यु इयर इभ’ सांगीतिक कार्यक्रम हुने

Banner

चितवन, चैत २६–

नारायणगढको क्याम्पाचौरमा ‘न्यू इयर इभ’ विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

चैत ३० गते दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रम मध्यरातसम्म चल्ने कार्यक्रमलाई राज घलेको डिजिटल ब्रिड र विकल क्षेत्रीको फोरटी वान इभेन्टले गर्न लागेका हुन् ।

कार्यक्रमको अनलाइन टिकेटिङ सुरु भएको छ । जसको मूल्य ५०० रुपैयाँ राखिएको छ । कार्यक्रममा नेपालका चर्चित झण्डै एक दर्जन गायकगायिकाले आफ्नो प्रस्तुति दिनेछन् । जसमा तिर्सना गुरुङ, समृद्धि राई, सुसान्त, द कोल्याब एजेके र रागा ट्रइबले रेनलगायतका ब्यान्ड तथा गायक गायिका छन् । कार्यक्रमको शैक्षिक पार्टनरमा सेन्ट्रल कलेज, इन्टरनेट पार्टनरमा टेक माइन्ड, मिडिया पार्टनरमा नारायणी अनलाइन र कालिका एफएम, हस्पिटालिटी पार्टनरमा सीजीआर रिसोर्ट र तरेवा सेकुवा कर्नर रहेका छन् । कार्यक्रमले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>