खेलकुद
निद्रा नपर्ने समस्याबाट हैरान हुनुहुन्छ? बदल्नुहोस् यी बानी

काठमाडौं, मंसिर ८ –
दिनभरको व्यस्तता र थकानपछि शरीर तथा मस्तिष्कलाई आराम दिन पर्याप्त निद्रा आवश्यक हुन्छ। तर मोबाइलको अत्यधिक प्रयोग, अनियमित दिनचर्या, तनाव र राति अबेरसम्म जागा बस्ने बानीले निद्रामा समस्या निम्त्याउन सक्छ।
राम्रो र पर्याप्त निद्राका लागि यी उपाय अपनाउन सकिन्छ :
१. सुत्ने र उठ्ने समय निश्चित गर्ने: हरेक दिन सकेसम्म एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्ने।
२.सुत्नुअघि मोबाइल नचलाउने :सुत्नुअघि केही समय मोबाइल, टेलिभिजन तथा अन्य स्क्रिनबाट टाढा रहने।
३. क्याफिनयुक्त पेय कम गर्ने : विशेषगरी साँझपख चिया, कफी तथा ऊर्जा पेयको सेवन सीमित गर्ने।
४. कोठाको वातावरण सहज बनाउने : सुत्ने कोठा शान्त, अँध्यारो र आरामदायी राख्ने।
५. नियमित व्यायाम गर्ने : दिनको समयमा हल्का शारीरिक गतिविधि गर्ने तर सुत्नुअघि अत्यधिक व्यायाम नगर्ने।
६. सुत्नुअघि मन शान्त बनाउने : पुस्तक पढ्ने, हल्का संगीत सुन्ने वा गहिरो सास फेर्ने अभ्यास गर्ने।
७. दिउँसो लामो समय नसुत्ने : दिउँसोको निद्रा आवश्यक भए छोटो समयमै सीमित राख्ने।
निद्रा स्वास्थ्यको महत्वपूर्ण आधार हो। वयस्क व्यक्तिका लागि सामान्यतया प्रत्येक रात ७ देखि ९ घण्टाको निद्रा उपयुक्त मानिन्छ। नियमित रूपमा निद्रा नलाग्ने वा निद्रासम्बन्धी समस्या भइरहेमा स्वास्थ्यकर्मीसँग परामर्श लिनु उचित हुन्छ।
























