राजनीति

पूर्वमन्त्री अब्दुल खान कृष्णभिरमा दुर्घटनामा परे

Banner

काठमाडौँ, चैत २६-

पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिए।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खान निजी सचिवालयका सदस्यहरुसहित बिएसी २७३५ नम्बरको सरकारी कारमा बर्दिया जाँदै थिए ।

उनीहरू चढेको कार अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा खानको दाहिने हातमा चोट लागेको छ। उनीसँगै कारमा सवार अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ।

उनीहरूलाई उपचारको लागि मलेखु अस्पतालबाट काठमाडौं रिफर गरिएको प्रहरी निरीक्षक लामाले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>