चितवन विशेष

भरतपुरको स्नुक्स पवमा आज स्ट्याण्डअप कमेडी शो हुँदै

Banner

चितवन, चैत २६–

भरतपुर–१०, पुरानो मेडिकल कलेज रोडमा रहेको स्नुक्स पवमा आज स्ट्याण्डअप कमेडी शो हुँदैछ ।

चर्चित युवा कलाकाहरु विशाल गौतम, मणिराज गिरी र आदर्श मिश्रको बेजोड प्रस्तुती रहने छ । ‘दि थ्री मस्किटर्स’ नाम दिएको उक्त शो आज साँझ ६ बजेदेखि सुरु हुनेछ । कलाकार विशाल गौतम अहिले कमेडी च्याम्पियन शोमा प्रतिस्पर्धीको रुपमा रहेका छन् । मणिराज गिरी र आदर्श मिश्र भने कमेडी च्याम्पियन शोबाटै चर्चामा आएका कलाकार हुन् ।

उनीहरुको प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपबाट टिकट काट्न सक्ने व्यवस्था मिलाईएको कलाकार विशाल गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>