समाचार

भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही गरिने

०
Banner

काठमाडौं, चैत २६-

शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा पर्ने भएका छन्। नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो। ‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो। निषेधित क्षेत्र तोड्ने क्रममा केहीबेर दोहोरो झडपसमेत भएको थियो। प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>