काठमाडौँ
किन गरे प्रहरीले भद्रकालीमा भिक्षुमाथि लात्ती प्रहार ?

काठमाडौं, चैत २५-
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा दुई बोद्ध भिक्षुमाथि प्रहरीले भद्राकालीमा लात्ती प्रहार गरेको छ। शनबिार अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बेलामा बाटो हिँड्दै गरेका बोद्ध भिक्षुमाथि प्रहरीले लात्ती प्रहार गरेको हो ।
प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएसँगै प्रहरीको आलोचना भइरहेको छ ।
बाटो हिँड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले छानबिन भइरहेको छ । दोषी देखिएमा कारबाही हुन्छ ।’























