गोरखा

‘दुर्घटना न्यूनीकरण गर्न गोरखाका सडक छेउछाउमा चेतनामूलक होडिङ बोर्ड’

Banner

गोरखा, चैत २५-

गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा सचेनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सुरु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाभित्रका दुर्घटनाको अत्यधिक जोखिम रहेका क्षेत्रको पहिचान गरी सचेतनामूलक बोर्ड राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

“अभियान अन्तर्गत गोरखा सदरमुकाम क्षेत्रमा दुर्घटनाको जोखिमयुक्त स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ”, उहाँले भन्नुभयो, “आवश्यकताका आधार दुर्घटनाको बढी जोखिम रहेका अन्य स्थानहरुमा पनि सेचतनामूलक बोर्डहरु राखिनेछ ।”

सवारीचालक तथा यात्रु र अन्य सर्वसाधारण नागरिकमा पनि सवारी दुर्घटना न्यूनीकरण उपायबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखेको प्रमुख पाठकले बताउनुभयो ।

ट्राफिक सचेतनामूलक तस्बिरहरु, जथाभावी र लापरबाही ढङ्गबाट सवारी चलाउदा हुनसक्ने दुर्घटनाको जोखिम, मादकपदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध सहितको सचेतनामूलक सन्देशहरु होर्डिङ बोर्डमा उहाँको भनाइ छ । त्यस्तै तीव्रगतिमा सवारी नचलाउन, घुम्तीमा जथाभावी ओभरटेक नगर्न र बजारक्षेत्रमा सवारी सुस्त गतिमा सवारी चलाउन आग्रह सहितको सन्देशहरु सचेतनामूलक बोर्डमार्फत प्रवाह गरिएको प्रमुख पाठकले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा चालकहरुलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको छ । “बढी सवारीको चाप हुने भएकाले बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन बढी दुर्घटना हुने गरेको पाइन्छ”, प्रमुख पाठकले भन्नुभयो, “अब त्यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरु ठाउँठाउँमा राख्ने तयारी पनि गरिरहेका छौँ ।”

ट्राफिक प्रहरीले सुरु गरेको यसप्रकारको सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको प्रमुख पाठकले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area