राजनीति
इलाम-२ मा एकीकृत समाजवादीले जित्छ, धेरै चकित हुनेछन्ः झलनाथ खनाल
०

काठमाडौं, चैत २३-
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
शनिबार इलाममा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका हुन् ।
‘
उनले भने, ‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’
आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने दाबी गर्दै उनले अरु पार्टीलाई समेत एकीकृत समाजवादीलाई सहयोग गर्न आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























