राजनीति

इलाम-२ मा उम्मेदवारी दर्ता सुरु

Banner

इलाम, चैत २४-

प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ ।
जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस (विपी) बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए ।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । एमालेले भने साढे एक बजे र नेपाली कांग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>