राजनीति

माधव र झलनाथले जस्तो यो चाहियो, त्यो चाहियो भन्दिनँ: ओली

Banner

पोखरा, चैत २३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताएका छन् । एमाले कास्कीमा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर नबस्ने उनले बताए ।

माधव नेपाल र झलनाथ खनालले जस्तो नगर्ने बताएका हुन् ।

‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री भए । अनि भन्छन्, मलाई खोइ ? मेरो के भयो त ?’ ओलीले हाँस्दै भने, ‘अहिले सत्ता समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि, मैले झण्डै झण्डै बिर्सिएछु ।’

१३ वर्ष पार्टी प्रमुख भएका झलनाथ खनालले प्रधानमन्त्री भए पनि मेरो भाग खोइ त भनेर खोज्ने गरेको उनले बताए । पार्टीका पूर्व प्रमुख भएकै कारण स्वतः वरिष्ठ नेता भएर अध्यक्षकै छेउमा बस्ने र झन्झट दिने काम अब एमालेमा नहुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>