अन्तर्राष्ट्रिय
१८ वर्षपछि जापान पुगेका सिके राउतले आफू पढेको कलेजको भूमि ढोगे
०

काठमाडौँ, चैत २२-
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले टोकियो युनिभर्सिटीलाई ढोगेका छन् । १८ वर्षपछि जापान भ्रमणमा रहेका राउतले आफू पढेको कलेज टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका हुन् ।
उनी जापान उड्नुअघि राउतले फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ । मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’
जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सिके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् ।