चितवन विशेष

अधिवेशन स्थगितको माग गर्दै प्रेस युनियन चितवनले बुझायो पत्रकार महासंघलाई ज्ञापनपत्र

Banner

चितवन, चैत २१–

नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवन शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन रोक्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई ध्याकर्षण पत्र बुझाए । सो क्रममा बोल्दै अध्यक्ष ढकालले प्रेस युनियनको केन्द्रीय कार्यक्रम अन्तरगत महासंघलाई ध्यानाकर्षण पत्र बुझाईएको बताए । उनले सदस्यता टुंगो नलाग्दासम्म तत्काल अधिवेशन स्थगित गर्न माग समेत गरे । मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी समेत दिए ।

ध्यानाकर्षणपत्र बुझ्दै महासंघका अध्यक्ष अधिकारीले युनियनको पत्रले आफ्नो ध्यानाकर्षण भएको भन्दै वार्ता र छलफलबाट समस्या समाधान गर्ने विश्वास दिलाए । महासंघ चितवनले यही चैत २४ गते अधिवेशन बोलाएको छ । कार्यक्रममा युनियनका जिल्ला उपाध्यक्ष प्रस्ताव सुवेदीले ज्ञापनपत्र वाचन गरेका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा युनियनका केन्द्रीय सदस्य अर्जुन अधिकारी, जिल्ला सल्लाहकार सूर्यप्रसाद अधिकारीलगायत जिल्ला पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । यस्तै महासंघको तर्फबाट अध्यक्ष अधिकारीसंगै उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र सचिव दीपेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।

प्रेस युनियनको हालै इटहरीमा सम्पन्न केन्द्रीय समितिको बैठकले सदस्यता टुंगो नलागेसम्म अधिवेशन रोक्न माग गर्ने निर्णय गरेको थियो । त्यसका लागि सबै जिल्ला शाखाहरुलाई ज्ञापनपत्र बुझाउन निर्देशन समेत दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>