राजनीति

इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

Banner

इलाम, चैत्र २१-
इलाम क्षेत्र २ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले साझा उम्मेदवार उठाउने सहमति भएको छ। दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने सहमति गरेका हुन्। माओवादी केन्द्रीय सदस्य तथा पार्टीबाट उम्मेदवारमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले पार्टी केन्द्रबाट एमाले उम्मेदवारलाई सघाउन निर्देशन आएको बताए ।

‘सम्भवतः दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएको होला, हामीलाई इलाम, २ मा एमाले उम्मेदवारलाई सघाउन केन्द्रबाट निर्देशन आएको छ,’ शर्माले भने, ‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’ उनले बझाङको प्रदेशसभामा माओवादी उम्मेदवारलाई एमालेले सघाउने सहमति भएको हुनसक्ने बताए।

माओवादी जिल्ला कमिटीले शर्मालाई एकल रूपमा उम्मेदवार बनाउन सिफारिस गरेको थियो। केन्द्रबाट निर्णय नआउँदै उनको चुनावी प्रचारसमेत सुरु भएको थियो। रास्वपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले उम्मेद्वार टुंगो लगाएका छन् भने नेपाली कांग्रेसले उम्मेद्वार टुंगाउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>