राजनीति

कांग्रेसलाई स्वर्णिमको चुनौती- आरोप लाग्नासाथ राजीनामा गर्ने सहमति गरौँ, पहिलो हस्ताक्षर रास्वपाले गर्छ

Banner

काठमाडौं, चैत २१-

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निषेधको राजनीतिक गरेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिन्छु भन्दा पनि बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘संसदीय छानबिन समिति बनाउनु आपत्ति होइन, कस्तो नजिर बनाउन गइरहेका छौँ। सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबैले राजीनामा गरौँ मन्त्रीले मात्रै होइन, सांसदले पनि राजीनामा गरौँ र आरोप जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापन गर्न तयार हो रु सर्वदलीय सहमति गरौँ सबै तयार हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>