राजनीति

निलम्बनमा परेपछि फेसबुकमा मेयर शाहले एक अर्ब खाएको आरोप, कर्मचारीविरुद्ध साइबर मुद्धा

Banner

काठमाडौँ, चैत २१-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउने महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर मुद्धा चलाइएको छ ।मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्धा चलाइएको हो । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । पौडेलले ‘मेयर शाहले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरबासीले तिरेको कर हो’ लेखेका थिए ।

साइबर अर्थात विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्धा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन् । पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । महानगरपालिकाले २०८० पुस १६ मा निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए ।

त्यस्तै काठमाडौं जिल्ला अदालतले ५ माघ २०७७ मा पौडेलले झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर गर्दै २५ हजार जरिवाना सुनाएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>