पत्रपत्रिका

त्रिविको उपकुलपति नै निरीह, दलनिकट प्राध्यापक र विद्यार्थी संगठनबाट असुरक्षित

Banner

काठमाडौं, चैत २१-

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्राडा केशरजंग बरालले चार महिनादेखि रिक्त रजिस्ट्रार र दुई साताअघि रिक्त रेक्टर पद पूर्ति गर्न छनोट गरिएका नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए।

त्रिवि ऐनमै रहेको प्रावधानअनुरूप उपकुलपति बरालले आफ्नो टिम बनाउन योग्य र रुचाइएका व्यक्तिको नाम सिफारिस गरेका थिए। उनले रजिस्ट्रारका लागि केदार रिजाल र रेक्टरका लागि खड्ग केसीको नाम अघि सारेका छन्। नाम सिफारिस गरेको एक साता बित्न लाग्दा पनि कुलपति दाहालले स्वीकृति दिएका छैनन्।

यता उपकुलपतिले विश्वविद्यालयमा काम अघि बढाउन टिमका लागि नाम सिफारिस गरेलगत्तै विभिन्न दलनिकट प्राध्यापक र विद्यार्थी संघसंगठनहरूले दिनहुँ कार्यालयमा आएर भागबन्डामै आआफ्ना दलनिकट रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि दबाब दिन थालेका छन्।

उपकुलपति बराल दबाब थेग्न नसकी सोमबारदेखि एक साताका लागि बिदा बसेका छन्। असुरक्षा महसुस गरेर उनले गृह मन्त्रालयबाट व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) माग गरेर आफूसँग राखेका छन्।

उपकुलपति बरालले आफूले विश्वविद्यालयको हितमा शैक्षिक र प्राज्ञिक मर्यादा कायम गरी काम गर्न खोजे पनि राजनीतिक दलनिकट विद्यार्थी र प्राध्यापकका संगठनहरूले दिनहुँ कार्यालयमा भिडभाड गरी विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउने गरेको गुनासो गरे। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>