अपराध

व्यवसायी श्रेष्ठ हत्याका आरोपी माओवादी पूर्वकमाण्डर खामलाई प्रहरीले चितवन ल्याउने

Banner

चितवन, चैत २०-

पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन ल्याइने भएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार खामलाई भोलि बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइन लागेको हो ।

व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार भएपछि उनको मुद्दा चितवन जिल्ला अदालतले मुल्तवीमा राखेको थियो । उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ । स्रोतका अनुसार खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा रहेको छ ।

के थियो घटना ?

व्ववसायी श्रेष्ठ परिवार काठमाडौँको कोटेश्वर निवासी माओवादी निकट व्यवसायी थिए । उनलाई २०६५ साल वैशाखको १५ गते घरमा सुतिराखेको अवस्थामा गोबिन्दबहादुर बटलासहितले अपहरण गरेर तत्कालीन जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरमा ल्याएका थिए । शिविरमा चरम यातना दिएको कारण श्रेष्ठको वैशाखको २८ गते राति मृत्यु भएको जनाइएको थियो । यद्यपि उनको शव मृत्यु भएको भनिएको १३ दिनपछि जुगेडीको त्रिशूली नदी किनारमा भेटिएको थियो ।

हत्यामा संलग्न बटलालाई भने तेस्रो डिभिजन जुटपानीले पत्रसहित २०६५ वैशाखको ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको थियो । बटलालाई जिल्ला अदालत चितवनले २०६५ जेठ २८ गते पूर्पक्षको लागि थुनामा पठाएको थियो । तर, श्रेष्ठ हत्याकाण्डमा मुद्दा परेका कालीबहादुर खाम ‘विविध’, गंगाराम थापा ‘एटम’, केशवबहादुर अधिकारी ‘रघु’ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो । उनीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन । व्यवसायी श्रेष्ठको परिवारले मूलुकी ऐन ज्यान सम्बन्धी महलको १३ ‘३’ अनुसार सर्वश्वसहित जन्मकैदको जिल्ला अदालत चितवनमा २०६५ वैशाख २७ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दामा ज्यान सम्बन्धी महलको १७ ‘४’ बमोजिम अपहरणको थप कारबाही समेत माग गरिएको थियो ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>