देश/प्रदेश

मेलामा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

०
Banner

बाँके, मंसिर ८ –

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको जानकारी दिनुभयो ।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले उल्लेख गर्नुभयो । सो घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>