राजनीति
न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्यको माग गर्दछुः सांसद गौतम
०

काठमाडौं, चैत २०-
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको उनले बताइन् ।
कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्ने गरिएको भन्दै यसमा पनि सुधार हुनुपर्नेमा जोड दिएकी छन् । तस्बिरः रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























