समाचार

८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ

Banner

मोरङ, चैत २०-

सशस्त्र प्रहरीले बेलबारी नगरपालिकाबाट ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई बेलबारी नगरपालिका–७ बाहुनीबाट १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले पक्राउ गरेको हो ।

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मी मार्गबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>