राजनीति

प्रधानमन्त्रीको आग्रह लिङदेनद्वारा अस्वीकार

Banner

काठमाडौं, चैत १९-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अस्वीकार गरेका छन् ।

हालै प्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनको एजेन्डा लिएर सडक संघर्षमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनलाई केन्द्रदेखि प्रदेश सरकारमा सहभागी हुन अफर गरेका थिए । तर, तर, लिङ्देनले प्रधानमन्त्रीको अफर अस्वीकार गरेका हुन् ।

राप्रपा स्रोतका अनुसार गत १५ चैतमा प्रधानमन्त्री प्रचण्ड र लिङ्देनबीच भेटवार्ता भएको थियो । उक्त वार्तामा प्रधानमन्त्रीले राप्रपालाई केन्द्र सरकारमा सहभागी हुन ढोका खुला रहेको बताए । राप्रपा सरकारमा आउन तयार भएमा पहिले लिएकै मन्त्रालयहरू दिन सक्ने उनको आश्वासन थियो ।

तर, लिङ्देनले प्रधानमन्त्रीको अफर अस्वीकार गरेका छन् । ‘हामी अहिले सरकारमा जाँदैनौँ । सरकारलाई बाहिरबाट समर्थन गर्ने स्थिति पनि छैन,’ लिङदेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>